site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुईवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रालयसँग छलफल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो । 

पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे बस्नेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक बिहान ८ बजे बस्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro