site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शेख हसिनाले सामाजिक सञ्जालको प्रयोगलाई लिएर भारतलाई बंगलादेशले के भन्यो ?

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना पछिल्लो ६ महिनादेखि भारतमा शरण लिएकी छन् । हसिनाले सामाजिक सञ्जाल प्रयोग गरेकोमा बंगलादेशले भारत सरकारसमक्ष कडा आपत्ति जनाएको छ ।

यस सम्बन्धमा बंगलादेशको विदेश मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गरेको हो ।

पोस्टमा भनिएको छ, "बंगलादेशको परराष्ट्र मन्त्रालयले बंगलादेशमा अस्थिरता भड्काउनका लागि सामाजिक सञ्जाललगायत विभिन्न प्लेटफर्ममा पूर्वप्रधानमन्त्री शेख हसिनाले गरेको लगातार झुटो र मनगढन्ते टिप्पणी र बयानप्रति भारत सरकारसँग कडा आपत्ति जनाएको छ ।"

ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई बुझाएको विरोध पत्रमार्फत मन्त्रालयले बंगलादेशका जनताको भावनामा चोट पुर्‍याउने भएकाले गहिरो चिन्ता, निराशा र गम्भीर आपत्ति प्रकट गरेको जनाएको छ ।

"शेख हसिनाको त्यस्ता गतिविधिलाई बंगलादेशप्रति शत्रुतापूर्ण कार्य मानिन्छ र दुई देशबीचको राम्रो सम्बन्ध स्थापना गर्ने प्रयासका लागि फाइदाजनक छैन," विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro