site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर–गगनलाई प्रचण्डको प्रश्न– रुखबाहेक अन्त भोट नहाल्ने नीति कहाँ गयो ?

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला र गगन थापामाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधसभाको बैठकमा प्रचण्डले शेखर–गगन समूहले विगतमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने धारणा राखेको विषयमा प्रश्न उठाएका हुन् ।

“कांग्रेसका केही साथीहरूले निर्वाचनपूर्वको गठबन्धन अपराध हो झैँ गर्नुभएको थियो । अब रुखबाहेक कहीँ पनि भोट हालिने छैन भनेको त्यो प्रतिबद्धता कहाँ गयो ?,” प्रचण्डले भने, “स्थानीय तहको उपचुनावमा दुई ठूला पार्टीहरूले गठबन्धन गर्नुभयो हैन ? अझ तपाईंहरूले चुनाव चिह्न भाडामा लगाउन पनि भ्याउनुभयो होइन ?”

०७९ सालमा कांग्रेस र माओवादी गठबन्धनमा चुनावमा जानुअघि नेता कोइराला र महामन्त्री थापा समूहले निर्वाचनपूर्व गठबन्धन गर्न नहुने धारणा राखेका थिए । उनीहरूको धारणालाई सम्बोधन हुने गरी कांग्रेसले स्थानीय चुनावअघि स्थानीय तहले नै निर्णय गर्ने गरी आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेको थियो । तर, पछि त्यही निर्णयमा टेकेर केन्द्रबाटै गठबन्धन गरेर दुईए पार्टी चुनावमा गएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro