site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगनको प्रश्न : जाजरकोट भूकम्प र बाढीको क्षतिपूर्ति कसरी जुटाउने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले जाजरकोट भूकम्पका पीडितले अनुदान नपाएको भन्दै सरकारले निर्णय गरेर कार्यान्वयन रोक्न नपाउने बताएका छन् । उनले गत असोजको बाढीले घर गुमाएकाहरूका निम्ति पनि अनुदान दिने निर्णय गरेको तर उनीहरूले पहिलो किस्तासमेत नपाएको बताए । 

“जाजरकोट भूकम्पबाट ९२ हजारभन्दा बढी घर पुनर्निर्माण गर्न आवश्यक छ । दोस्रो किस्ता पनि कतिपयले पाएका छैनन् । असोजको बाढीमा बगेका र भत्किएका घरका लागि अनुदान दिने भनेर राष्ट्रिय विपत् प्राधिकरणले मंसिर मसान्तभित्र अनुदान दिने भनेर निर्णय गर्‍याे । अझै कतिले पहिलो किस्ता समेत नपाएको अवस्था छ,” थापाले भने, “४१ वटा सडकको पुनर्निर्माणका लागि २५ अर्ब चाहिन्छ । सबै पुनर्निर्माणका लागि करिब एक खर्ब रुपैयाँ हामीलाई चहिन्छ । तर, सरकारले विनियोजन गरेको छ –जम्मा २१ अर्ब । अरू पैसा कहाँबाट ल्याउने भनेर सरकारले सोचेको छैन ।” 

उनले बर्खाका बेला बाटो नबन्ने भन्दै तत्काल स्रोत सुनिश्चित गर्दै जनताका घर र सडक पुनर्निर्माणको योजना सदनमा ल्याउन सरकारलाई आग्रह गरे । “बर्खाका बेला यो बाटो कसरी बन्छ ? जाजरकोटको भूकम्प, असोजको बाढी यसका विषयमा गरिएका निर्णयअनुसार स्रोत कसरी जुटाउने सोचिएको छ ?,” प्रश्न गर्दै थापाले भने, “यी सबै कुराका बारेमा सदनलाई जानकारी गराइयोस् । हामी सुन्न पनि चाहन्छौँ, छलफलमा भाग लिन पनि चाहन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro