काठमाडौं । दयाहाङ राई स्टारर चलचित्र ‘कार्साङ’ले २१ दिनमा एक करोड ६३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
पुस २६ गते रिलिज भएको चलचित्रले २१ दिनमा एक करोड ६३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको स्रोतले जानकारी दिएको छ ।
एक करोड २० लाख लगानी रहेको चलचित्रले ओभरसिज मार्केटबाट एक करोड १५ लाख उठाएको निर्माणपक्षले जनाएको छ । डिजिटल राइट्स ३० लाखमा बिक्री भएको थियो ।
यम शेर्पाले निर्देशन गरेको ‘कार्साङ’मा दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको थियो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।
सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको आङछिरिङ शेर्पा हुन् ।