site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाँदरको कहर नियन्त्रणबारे छलफल गर्दै सांसद
बाँदरको फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकायसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान ११ बजे बस्नेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक दिउँसो साढे १२ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत र छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्