
काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१ को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एआई नीतिको मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको हो ।
नीतिले नेपालमा एआई प्रविधिको अनुसन्धान र विकास गर्दै एआईको नैतिक तथा जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ ।
नेपालमा एआईको सम्भावना, चुनौती र जोखिमसम्बन्धी क्षमता, अनुभव, विज्ञता र साक्षरताको कमी भएको मस्यौदामा उल्लेख छ ।
एआईसम्बन्धी डेटाको सिर्जना, पहुँचमा अवरोध, डेटा सुरक्षा र गोपनीयतासम्बन्धी प्रर्याप्त नीतिगत, कानुनी र संस्थागत व्यवस्थाको अभाव भएकाले नीति आवश्यक रहेको मस्यौदामा उल्लेख छ ।
एआईको विकास एवं सुरक्षित प्रयोगका लागि समन्वय, सहकार्य, नियमन र अनुगमन गर्न आवश्यक रहेको मस्यौदामा छ ।
यस्तो छ नीतिको मस्यौदा