site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
छात्रालाई शिक्षामा प्रतिबन्ध लगाउने निर्णयको आलोचना गर्ने तालिबान उपविदेशमन्त्रीले देश छाडे

काठमाडौं । तालिबानका उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्तानिकजईले देश छाडेका छन् । स्तानिकजाईले अफगानिस्तानमा छात्राहरूको शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको निर्णयको आलोचना गरेपछि उनलाई देश छाड्न बाध्य पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

स्तानिकजाईको अभिव्यक्तिबाट आक्रोशित बनेका तालिबान प्रमुख हिबतुल्लाह अखुन्दजादाले पक्राउ गर्ने आदेश दिएपछि उनी अफगानिस्तान छाडेर यूएई गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Dabur Nepal

तालिबानले अफगानी छात्राहरूलाई माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाएको छ । यसबारे जनवरी २० मा पाकिस्तान सीमानजिकै रहेको खोस्ट प्रान्तमा आयोजित एक समारोहमा स्तानिकजाईले पैगम्बर मुहम्मदको समयमा पनि पुरुष र महिला दुवैका लागि शिक्षा खुला रहेको बताएका थिए । उनले दुई करोड जनतामाथि आफूहरूले अन्याय गरिरहेको पनि बताएका थिए ।

स्टानिकजाई अफगानिस्तानको लोगर प्रान्तको बाराकी बराक जिल्लाका हुन् । सन् १९६३ मा जन्मेका उनी तालिबान लडाकुहरू जस्तै पस्तुन हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले भारतको देहरादुनको भारतीय सैन्य एकेडेमीमा तालिम लिए ।

भारतमा तालिम पूरा गरेपछि उनी अफगान सेनामा भर्ती भएका थिए । सोभियत संघ–अफगानिस्तान युद्धको समयमा उनी अफगान सेनामा थिए । सन् १९९६ मा उनले अफगान सेना छोडे । त्यतिबेला अफगानिस्तानमा तालिबान सत्तामा आएको थियो । जागिर छोडेपछि उनी तालिबानमा सामेल भए ।

तालिबानले गत डिसेम्बरमा महिलाहरूलाई नर्सिङ तालिममा पनि प्रतिबन्ध लगाएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार, गत डिसेम्बरमा काबुलमा भएको स्वास्थ्य अधिकारीहरूको बैठकमा तालिबान सरकारको निर्णयको घोषणा गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro