खेल
काठमाडौं । इंग्लिस प्रिमियर लिगको क्लब एस्टोन भिल्लाले पेरिस सेन्ट जर्मन (पीएसजी)का मार्को असेन्सियो र चेल्सीका रक्षक एक्सेल डिसासीलाई लोनमा अनुबन्ध गरेको छ ।
भिल्लाले तीन पटकको च्याम्पियन्स लिग विजेता असेन्सियोको पारिश्रमिक बेहोर्ने भए पनि स्थायी अनुबन्धको भने कुनै मनसाय नराखेको बीबीसीले जनाएको छ । यस्तै, भिल्लाले डिसासीका निम्ति भने पाँच मिलियन पाउन्ड ‘लोन फी’ तिर्ने जनाइएको छ ।
यसअघि, भिल्लाले म्यानचेस्टर युनाइटेडका मार्कुस रासफोर्डलाई पनि लोनमा अनुबन्ध गरेको थियो ।
प्रिमियर लिगका ३४ खेल खेलिसक्दा भिल्ला १० जितसहित तालिकाको आठौँ स्थानमा छ । यसअघि, शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेलेको भिल्लाको खातामा जारी सिजन भने ३७ अंक छ ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्