site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला फ्यानलाई चुम्बन : उदितले दिए यस्तो स्पष्टीकरण 

काठमाडौं । कुशल गायन कलाले स्रोताको मन जितेका ६९ वर्षीय उदितनारायण झा यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । उनीसँग सम्बन्धित एउटा भिडियो ‘भाइरल’ भइरहेको छ । यो भिडियो एक कन्सर्टको भएको बताइएको छ । 

कन्सर्टमा उनको सुपरहिट गीत ‘टिप टिप वर्षा पानी’ गाउँदै गर्दा एक महिला फ्यान सेल्फी खिच्ने उद्देश्यले उदितनजिकै पुग्छिन् । महिला फ्यानले सेल्फी लिएपछि उदितको गालामा चुम्बन गर्छिन् । त्यसपछि उदितले महिला फ्यानको ओठमा चुम्बन गरिदिन्छन् ।

त्यसैक्रममा उनले केही अरू महिला फ्यानलाई अँगालो हालेर गालामा चुम्बन गरेको पनि देख्न सकिन्छ । 

त्यही भिडियो क्लिप भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरेका छन् । केही प्रयोगकर्ताले उनको समर्थनमा पनि लेखेका छन् ।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उदितनारायणले यसबारे स्पष्टीकरण दिएका छन् । उनले भनेका छन्, “फ्यानहरू धेरै क्रेजी हुन्छन्, हैन र ? हामी त्यस्तो छैनौँ । हामी सभ्य मानिस हौँ । कोहीकोहीले यसलाई बढावा दिन्छन् र यसको माध्यमबाट आफ्नो प्रेम देखाउँछन् ।”

फ्यानहरू कलाकारसँग नजिकिन खोज्नु र माया दर्साउनुलाई सामान्य रूपमा लिनुपर्ने उनको धारणा छ । “फ्यानहरूलाई भेट्ने मौका यही हो भन्ने लाग्छ । त्यसैले कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात मिलाउँछन् । यसमा धेरै ध्यान दिनु हुँदैन,” उनले भनेका छन् ।

asdfg-1738645059.jpg
उदितले स्टेजमा कसैलाई चुम्बन गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि उनको नाम यस्तो विवादमा आउने गरेको थियो । उदितको अर्को एक पुरानो भिडियो पनि हाल ‘भाइरल’ भइरहेको छ ।

उक्त भिडियोमा उदितले गायिका श्रेया घोषाललाई चुम्बन गरेको देखिन्छ । उदितले श्रेयालाई स्टेजमा अवार्ड दिन्छन् र अचानक उनको गालामा चुम्बन गरेको उक्त पुरानो भिडियोमा देखिन्छ ।

भिडियोमा श्रेयाको बडी ल्यांग्वेज हेर्दा उनले यस्तो अपेक्षा गरेकी थिइनन् । उदितले चुम्बन गरेपछि उनी छक्क पर्छिन् ।

udit-alka4-1738645129.jpg
उदितनारायण र अल्का याग्निकलाई बलिउड संगीत उद्योगको हिट ‘जोडी’ मानिन्छ । यी दुवैले ९० को दशकदेखि नै थुप्रै सुपरहिट गीत दिएका छन्, जसलाई आज पनि धेरैले गुनगुनाइरहेका छन् ।

रियालिटी शोका क्रममा यी दुईबीच प्रायः हाँसोठट्टा भइरहेको हुन्छ । उदितले अल्काको गालामा चुम्बन गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा अलका एक गायन रियालिटी शोको स्टेजमा गाइरहेकी हुन्छिन्, ठिक त्यही समय उदित उनको नजिक पुगेर गालामा चुम्बन गर्छन् ।

लहरे रेट्रोसँग कुरा गर्दै उदितनारायणले यसबारे भनेका थिए, “जसरी एक गायिकाको अर्को गायकसँग सम्बन्ध हुन्छ, मेरो अल्काजीसँग पनि त्यस्तै सम्बन्ध हुन्छ । तर, जब अल्काजी मलाई भेट्छिन्, म उनीसँग ठट्टा गरिरहन्छु । म उनीमाथि व्यंग्य गरिरहन्छु ।” बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro