site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाथीभरा केबलकार विवाद : आज हुने वार्ता निष्कर्षमा पुग्ला ?

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि आज पनि वार्ता हुने भएको छ । 

सोमबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दुवै पक्षबीच वार्ता हुने भएको हो । सोमबारको वार्ता सकारात्मक रूपमा टुंगिएको दुवै पक्षले जनाएको छ । 

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको थिए । 

आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिएका थिए । 

वार्तामा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगितको पक्षमा आवाज उठाउँदा पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro