site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समय तोकेर समाजवाद निर्माणको जिम्मेवारी दिनुस् : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथमा लिनु राम्रो हुने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

हाल अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उनले यो मुख्यतः सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना भएको उल्लेख गरे । उनले के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए ।

नेपालमा समाजवाद निर्माण गर्न सकिने र त्यसको निम्ति समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने उनले सुनाए । त्यो पूरा नगरेको खण्डमा मृत्युदण्डका निम्ति आफू तयार रहेको उनको भनाइ थियो ।

राष्ट्रियसभामा वामेदव गौतमको भनाइ पढ्नोस्–
अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ । अध्यादेश मुख्यतः राज्य सञ्चालन, सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर, प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ । संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा छैन । तर, यो नानीबाबुहरूले घर पुतली खेलेजस्तो विषय पनि होइन । अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो संस्कार मानिन्छ । तर, यो सत्ताधारी पक्ष, विपक्षका बीच रहेको व्यवहारमा भर पर्छ । यस्ता विषयमा सदनको समय धेरै खर्च गर्नु उचित मानिँदैन । अहिले मुख्यतः हाम्रो राष्ट्रलाई चाहिएको विषय हो, लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद । यसमा कसैको ध्यान छैन । न सत्ता पक्ष न प्रमुख प्रतिपक्ष, न प्रतिपक्षको । यो संरचना निर्माण गर्न सकिन्छ । समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस्, यदि समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस्, यति वर्षभित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु । न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro