site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामाथि २५ प्रतिशत कर लगाउने क्यानडाको घोषणा, १५५ अर्ब डलरको व्यापारमा असर
Tiktok banner adTiktok banner ad

काठमाडौं । डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाको छिमेकीहरूसँग द्वन्द्व सुरु भएको छ । जवाफमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

ट्रुडोले नयाँ भन्सार मंगलबारदेखि ३० अर्ब डलरको अमेरिकी वाइन र फलफूल आयातमा लागु हुने बताएका छन् । यस्तै, १२५ अर्ब डलरको आयात पछि प्रभावित हुनेछ । मंगलबारदेखि क्यानडाबाट हुने आयातमा पनि अमेरिकी भन्सार शुल्क लागु हुँदै छ ।

यसअघि, ट्रम्पले फेब्रुअरी १ ​​देखि क्यानडा र मेक्सिकोमा २५ प्रतिशत र चीनमा १० प्रतिशत अतिरिक्त कर लगाएका थिए ।

मेक्सिकोको पनि जवाफी कारबाही

उता मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले पनि अर्थमन्त्रीलाई प्रतिशोधात्मक कर लगाउन निर्देशन दिएकी छन् । उनले मेक्सिको आपराधिक संगठनहरूसँग जोडिएको भन्ने ट्रम्पको आरोपलाई पनि अस्वीकार गरेकी छन् ।

यसअघि, गत शुक्रबार ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले ट्रम्पले शनिबारदेखि क्यानडा र मेक्सिकोबाट आयातमा २५ प्रतिशत र चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने बताएकी थिइन् । यी देशबाट अमेरिकामा लागुऔषध भित्रिरहेको र लाखौँ अमेरिकीले ज्यान गुमाइरहेकाले कर लगाउनुपरेको तर्क गरेकी थिइन् ।

मेक्सिकोकी राष्ट्रपतिले अमेरिकी आरोपको खण्डन गर्दै आफूहरूले पछिल्लो चार महिनामा ४० टनभन्दा बढी लागुऔषध जफत गरेको बतायन् । यस्तै, १० हजारभन्दा बढी अपराधीलाई पक्राउ गरेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro