site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘वानीरा पुरस्कार’को घोषणा

काठमाडौं । भाषा–साहित्यको सिर्जनामा बितेको साढे ६ दशकदेखि निरन्तर लागिरहेका प्रा. रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ ।

यस्तै, चित्रकलाका क्षेत्रमा सात दशकदेखि अनवरत साधनारत कलाकार शशि शाहलाई ‘वानीरा शंकर पुरस्कार’ प्रदान गरिनेछ । यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

कवि कृष्ण बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान गर्ने पनि निर्णय गरिएको छ । यो पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिने प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro