site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालले भने– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ

रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार रौतहटको गौरमा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा उनले व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले निजगढ–काठमाडौं ‘फास्ट ट्रयाक’को निर्माणका साथै विमानस्थल बनाउन अतिजरुरी रहेको आवश्यकता औँल्याए ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गरिरहेको भन्दै उनले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राखे । सीमा समस्या समाधानका निम्ति जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले दुवै देशका नागरिकको हित हुने गरी सरकारले काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरीराय यादवको अध्यक्षतामा संवाद कार्यक्रम भएको हो । हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सीमा क्षेत्रका जिल्लामा बसोबास गर्ने नेपाल र भारतका जनताले भोग्दै आएका समस्यालाई समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयको सहभागिता थियो । रासस

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro