
काठमाडौं । छाला स्वास्थ्य व्यक्तिको सुन्दरताको महत्त्वपूर्ण पाटो हो, त्यसमा पनि विशेषगरी अनुहार । प्राकृतिक सुन्दरतालाई कायम राखिरहन र त्यसलाई थप उजागर गर्न अनुहारको हेरचाह गर्नु जरुरी छ ।
यसबाहेक पछिल्लोसमय अनुहारको सुन्दरताका निम्ति विभिन्न उपचार पद्धतिहरू प्रयोगमा छन् । व्यक्तिलाई मन नपरेमा हटाउन र चाहेजस्तो संरचना तथा बनावट बनाउनमा विभिन्न विधिहरू सफल साबित भएका छन् ।
सुन्दरताका निम्ति पछिल्लो एक दशकयता अधिक प्रयोग भएकोमध्ये एक कपाल प्रत्यारोपण विधि पनि हो । हाल नेपालमा के कस्ता कपाल प्रत्यारोपण विधिहरू प्रयोगमा छन् ।
उपचारका नाममा प्रयोग गरिने विभिन्न सौन्दर्य सामग्री, गैरचिकित्सकीय सेवा प्रदायकहरूबाट लिइने सेवा कति भरपर्दो हुन्छन् त ? अनुहारको छालाको सुन्दरताका निम्ति के कस्ता चिकित्सकीय विधि अपनाइन्छ त ? यी विविध विषयमा बाह्रखरीकर्मी अस्मिता रिजालले कन्सल्टेन्ट डर्म्याटोलोजिष्ट तथा हेयर ट्रान्स्प्लान्ट सर्जन डा. रूपक घिमिरेसँग कुराकानी गरेकी छिन् ।
प्रस्तुत छ उक्त कुराकानीको भिडियो सामग्री