site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यालाई प्रदीपको सुझाव : संवैधानिक राष्ट्रप्रमुख पार्टीको राजनीतिमा फर्किनु उचित होइन 

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित नभएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा आउने चर्चाका विषयमा उनले यस्तो बताएका हुन् । 

प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको बताए । आर्थिक रूपान्तरण र सुशासन कायम गर्ने गरी सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको उनले बताए ।  

ज्ञवालीले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने जिकिर गरे । 

त्यस्तै, उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको धारणा राखे । नेता ज्ञवालीले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्नेगरी सरकारले काम गरेको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro