site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विरोध प्रदर्शनलाई थेग्न नसकेपछि सर्बियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् । गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् ।

गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रेलवे स्टेसनको छतको एक भाग भत्किएको थियो । जसमा १५ जनाको मृत्यु भयो ।

यस घटनापछि देशभर सरकारविरुद्ध विरोध प्रदर्शन भएको भयो । घटनाको जवाफदेहिता माग गरेर प्रत्येक दिन हजारौँ सडकमा उत्रिन्थे । निर्माण परियोजनामा भएको भ्रष्टाचारका कारण दुर्घटना घटेको उनीहरूको आरोप थियो ।

नोभी साद घटनामा १३ जनामाथि भ्रष्टाचारको आरोप लागेको थियो । यसमा पूर्व यातायातमन्त्री गोरान भेसिकको नाम पनि मुछिएको थियो । त्यसको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए । तर, प्रदर्शनकारीहरू आन्दोलन जारी राखेका थिए ।

विरोध प्रदर्शनमा विद्यार्थीहरूको ठूलो सहभागिता थियो । उनीहरूले हरेक दिन बिहान ११:५२ बजे १५ मिनेटका लागि देशभर सवारी साधनको आवागमन रोक्ने गर्थे । यही समयमा रेलवे स्टेसनमा छत भत्किने घटना भएको थियो ।

बीबीसीबाट ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro