site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लमजुङमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

लमजुङ । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जंगलको कच्ची सडकमा ट्याक्टर दुघर्टना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नंको ट्याक्टर दुघर्टना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । दुर्घटनास्थल जंगल रहेको र  त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भइनसकेको बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro