site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त, यस्तो छ आरोप

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा पर्ने अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । 

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन नगर्ने आशंका गर्दै ती अधिकारीहरूलाई हटाइएको बीबीसीले जनाएको छ ।  

यसैबीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।

यी आदेशहरू सेनामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीहरूको पुनस्र्थापना र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro