site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता, के भयो कुराकानी ? 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानी निकै अर्थपूर्ण भएको बताएका छन् । सोमबार दुई नेताबीच फोनवार्ता भएको थियो ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच अमेरिका र भारतबीचको सहयोगलाई सुदृढ र विस्तार गर्ने विषयमा वार्ता भएको उल्लेख छ ।

इन्डो–प्यासिफिक, मध्यपूर्व र युरोपको पछिल्लो अवस्थाबारे छलफल भएको बताइएको छ । भारतले अमेरिकामा बनेका सुरक्षा उपकरण किन्ने विषयलाई ट्रम्पले जोड दिएका बताइएको छ । आपसी हितका व्यापारिक विषयमा पनि छलफल भएको बताइएको छ । 

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग फोनमा कुरा गरेको पुष्टि गरेका थिए ।

उनले सामाजिक सञ्जाल एक्समा लेखे , “मेरा प्रिय मित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्न पाउँदा खुसी लाग्यो । उनको दोस्रो कार्यकालको ऐतिहासिक कार्यकालको शुभकामना । हामी पारस्परिक रूपमा लाभदायक र विश्वसनीय साझेदारीका लागि प्रतिबद्ध छौँ । हामी हाम्रा जनताको हित र विश्व शान्ति, समृद्धि र सुरक्षाका लागि मिलेर काम गर्नेछौँ ।”

यसअघि, ट्रम्पले शपथ लिएको एक दिनपछि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेका थिए । मार्को रुबियोले अमेरिका भारतसँग आर्थिक मोर्चामा काम गर्न इच्छुक रहेको बताएका थिए ।

शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले अमेरिकासँग राम्रो र बलियो सम्बन्ध स्थापनाका लागि प्रयास गर्ने बताएका थिए । बीबीसी
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro