site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्लभ थापाले मञ्चमै प्रधानमन्त्रीलाई सोधे– भक्तपुरको विकास किन रोकेको ? 

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदले नै प्रधानमन्त्रीमाथि गम्भीर प्रश्न उठाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीलाई भक्तपुर–२ बाट निर्वाचित सांसद दुर्लभ थापाले भक्तपुरको विकास किन अवरुद्ध भयो भन्दै प्रश्न उठाएका हुन् ।
 
“विकास निर्माणका प्रक्रिया र गतिहरू रातारात र कुनै जादुमयी ढंगले हुन सक्दैन भन्ने लागेको छ । मैले पढेको बढेको स्कुल भत्काएर नरपालिकाको भवन ठड्याएको परिस्थिति छ । हुन त विकास कटुन्जेबाट सुरु भएको तर अहिले विकासमा पछि परेको छ,” उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले भने, “देशको आर्थिक स्थितिको बारेमा प्रधानमन्त्री जानकार हुनुहुन्छ । रातारात मैले खल्तीबाट मैले विकास गरेको छु भन्ने लागेको छ भने म यो भ्रमबाट बाहिर निस्कन आग्रह गर्दछु ।”
 
उनले हिजो अर्को जनप्रतिनिधि हुँदा विकास निर्माणमा आफूले सहयोग गरेको भन्दै अहिले किन अवरुद्ध भइरहेको छ भनेर प्रश्न गरे । “म विकास खोज्दै सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु –भक्तपुरको विकास तपाईंले कहाँ अड्काउनुभयो ?,” थापाले भने, “म भक्तपुरका जनताका तर्फबाट प्रश्न गर्न चाहन्छु विकास निर्माणको गतिको जिम्मा सरकारको नेतृत्वले लिने कि नलिने ? विकास निर्माणको प्रक्रिया कहाँ रेकियो भनेर गाँठो फुकाउनुपर्छ कि पर्दैन ?” 

उनले जनप्रतिनिधि विशेषका आधारमा विकास निर्माणको प्रक्रियामा सरकारको नेतृत्वले सहयोग र असहयोग गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरे । उनले निर्वाचनमा प्रतिस्पर्धा हुने भन्दै निर्वाचित भएका जनप्रतिनिधिलाई हारेका व्यक्तिले अवरोध गर्नु नहुने बताए । उनले प्रधानमन्त्रीलाई रोकिएकै ठाउँबाट सुचारु गरिदिन आग्रह गरे ।  

नेपाली कांग्रेसको सभापति भएर नौ वर्ष काम गर्दा जोसुकै जनप्रतिनिधिलाई सघाएको भन्दै आफू जनप्रतिनिधिको हैसियतमा काम गर्दा असहयोग नगर्न आग्रह गरे । उनले भक्तपुरलाई महानगरमा लगेर विकासका काम एकीकृत रूपमा अघि बढाउन माग गर्दै त्यसमा पनि राजनीतिक लाभहानि नहेर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro