site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खो–खो विश्वकपमा नेपाल उपविजेता : भएन नगद पुरस्कारको व्यवस्था 

काठमाडौं । भारतमा हालै आयोजित पहिलो संस्करणको खो–खो विश्वकपमा नेपालका महिला र पुरुष दुवै टिम उपविजेता बने । तर, नेपालले कुनै नगद पुरस्कार पाएको छैन । पाउने/नपाउने पनि टुंगो छैन ।

यही जनवरी १३ देखि १९ सम्म आयोजित प्रतियोगितामा नेपालका दुवै टिमले फाइनलमा भारतसँग पराजय व्यहोरेपछि उपविजेतामा चित्त बुझाएका थिए । विश्व खेलकुदको उदाहरण हेर्ने हो भने विश्वकपमा कम्तीमा विजेता र उपविजेतालाई नगद पुरस्कारको व्यवस्था हुन्छ ।

खो–खो विश्वकपको उपविजेता बने पनि नगद पुरस्कार पाउने/नपाउने निश्चित नभएको नेपाल खो–खो संघका महासचिव शंकर महर्जनले बताए । आयोजकसँग खेलाडीहरूलाई प्रोत्साहन गर्न भए पनि केही नगद पुरस्कार हुनुपर्ने माग नेपालले राखेको उनले जानकारी दिए ।

“यो सबै कुरा गुमराहमा राखिरहेका छन् । नगद पुरस्कार छैन पनि भनेका छैनन्, नगद पुरस्कार यति दिन्छौँ पनि भनेका छैनन् । हामीले आयोजकलाई प्रतियोगिता आयोजना गरेपछि खेलाडीहरूलाई प्रोत्साहन गर्न भने पनि नगद पुरस्कार हुनुपर्छ भनेका छौँ । हुन्छ जस्तो कुरा गर्छन् । अब कसरी आउँछ, त्यो हेर्न बाँकी नै छ,” महासचिव महर्जनले बाह्रखरीसँग भने । 

भारतीय सञ्चारमाध्यमले खो–खो विश्वकपमा नगद पुरस्कारको व्यवस्था नभएको खुलाएका छन् । उक्त विश्वकपमा विजेता र उपविजेतालाई ट्रफी, मेडल र अरू सम्मान भए पनि नगद पुरस्कार नदिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro