site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नामिबियाका कप्तान गेर्हार्ड इरास्मस बने आईसीसीको ‘एसोसिएट प्लेयर अफ द इयर’

काठमाडौं । नामिबियाका कप्तान गेर्हार्ड इरास्मस आईसीसीको ‘एसोसिएट प्लेयर अफ द इयर’ घोषित भएका छन् । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले आइतबार इरास्मसलाई ‘एसोसिएट प्लेयर अफ द इयर’ चुनेको हो ।

इरास्मसले यसै वर्ष नेपालमा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजको उपकप्तानको भूमिका निभाएका थिए ।

यसअघि, भारतका अर्शदीप सिंह आईसीसी ‘प्लेयर अफ द इयर’ चुनिएका थिए ।

यस्तै, महिलातर्फ युनाइटेड अरब इमिरेट्स (यूएई)की कप्तान इसा ओजा एसोसिएटमा वर्षको उत्कृष्ट खेलाडी चुनिएकी छन् । श्रीलंकाका कामिन्दु मेन्डिस उदीयमान खेलाडी घोषित भएका छन् ।

आईसीसीले हरेक वर्ष ‘प्लेयर अफ द इयर’ घोषणा गर्ने गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro