site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति सङ्लो भए १० वर्षमा समृद्धि हासिल हुन्छ : स्वर्णिम वाग्ले
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

कास्की । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके १० वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिने बताएका छन् । तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले राजनीतिक दलहरू सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्र समृद्धि सम्भव हुने बताए । 

नेपाली जनताले विकास र सुशासन चाहेको बताउँदै उनले राजनीतिक दलका अधिकांश नेताले यसलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गरे । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै उनले अर्थतन्त्रको विकासका निम्ति सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिबहादुर चुमानले मुलुकमा समृद्धि ल्याउन दलहरू मिल्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्रीकान्त खतिवडाले केन्द्र सरकार ठूला आयोजनामा केन्द्रित हुन जरुरी रहेको बताए ।

त्यस अवसरमा सामाजिक एवं राजनीतिक व्यक्तित्व नीलकण्ठ शर्मालाई तनहुँ रत्नबाट सम्मान गरिएको थियो । ८० वर्षीय शर्मा नेपाली कांग्रेसका पुराना नेता समेत हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro