site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुडानको अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु
तस्बिर : एएफपी ।

डार्फर । सुडानको डार्फर क्षेत्रको अल–फशेरस्थित अस्पतालमा ड्रोन आक्रमण गरिँदा ३० जनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

त्यस क्षेत्रका बिरामीको आकस्मिक उपचार गर्नका निम्ति उपलब्ध एक मात्र अस्पतालको भवन शुक्रबार साँझको उक्त बम विस्फोटबाट ‘ध्वस्त’ भएको स्रोतले एएफपीलाई बताएको छ ।

सुडानमा युद्धरत कुन पक्षले आक्रमण गरेको भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

सन् २०२३ अप्रिलदेखि सुडानी सेना अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)सँग युद्धमा छ । समूहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरेको छ ।

उनीहरूले उत्तरी डार्फर राज्यको राजधानी अल–फाशेरलाई गएको मेदेखि नै घेरा हालेका छन् । तर, सेना समर्थित मिलिसियाले पटक–पटक प्रतिकार गरी उनीहरूलाई पछि धकेलेको थियो । र, उनीहरूले सहरमा आफ्नो दाबी गर्न सकेका छैनन् ।

सोही भवनमा केही हप्ताअघि आरएसएफको ड्रोनले आक्रमण गरेको थियो ।

यस युद्धले हालसम्म दशौँ हजार मानिसको ज्यान लिइसकेको छ । एक करोड २० लाखभन्दा बढी विस्थापित भएका छन् । लाखौँलाई सामूहिक भोकमरीको संघारमा पुर्‍याएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro