site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार अप्राकृतिक भनेर भ्रम फैलाइयो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार अप्राकृतिक भनेर भ्रम फैलाउने काम भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलामा उनले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए । र, ती दलले शासन गर्ने विषय प्राकृतिक भएको उनले प्रस्ट पारे ।

जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने विषय अप्राकृतिक भएको उनले बताए । देश बनाउन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेकामा उनले जोड दिए ।

पोखरेलले नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने दलले देशका निम्ति काम गर्न पनि नसक्ने बताए ।

देशलाई बलिया राजनीतिक दल, स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरे । त्यो क्षमता एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उनले जिकिर गरे ।

उनले राष्ट्र निर्माण गर्ने व्यक्ति ओलीमाथि चौतर्फी हमला भइरहेको भन्दै प्रतिरक्षा गर्न अग्रमोर्चामा उभिन युवा संघलाई आग्रह गरे । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro