site stats
बाह्रखरी :: Baahrakhari
देश
वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा, हदैसम्मको सजाय माग 
Argakhachi Cement Island Ad

कठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ । त्रिपाठीविरुद्ध शुक्रबार अवहेलना मुद्दा दर्ता गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए ।

त्रिपाठी यही माघ २ गते काठमाडौं अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा जवाफी बहस सकाएर निस्कँदै गर्दा आक्रमणमा परेका थिए । त्यही आक्रमणको विषयमा मिडियामा बोल्ने क्रममा न्यायाधीशविरुद्ध समेत प्रश्न उठाउने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उदयपुरका दिलबहादुर राईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

“विपक्षी आफैँ अधिवक्ता भएको र अदालत र माननीय न्यायाधीशको विषयमा के कस्ता अभिव्यक्ति दिन मिल्छ भन्ने उहाँलाई थाहा जानकारी नहुने हुँदैन,” अवहेलना निवेदनमा भनिएको छ, “उहाँले जानीजानी अदालत तथा माननीय न्यायाधीशको अपमान हुने गरी दिएको अभिव्यक्ति अक्षम्य अपराधजन्य कार्य भएकाले उहाँलाई झिकाई बयान गराई स्वंयलाई तारिखमा बस्नुपर्ने, वारेस समेत राख्न नपाउने गरी आदेश गरी हदैसम्मको सजाय गरिपाऊँ ।”

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्