site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निजामती विधेयकको प्रस्तावनामा थपिए समावेशीदेखि प्रविधिमैत्री शब्द

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकको प्रस्तावनाबारे लामै बहस चल्यो । बिहीबारको बैठकबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि प्रारम्भ भएको हो । जसको प्रस्तावनामा नै सांसदहरूले पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी शब्द थप गर्नुपर्नेबारे एक घन्टाभन्दा बढी छलफल भएको थियो ।

छलफलको सुरुआतमा सांसदहरूबीच संविधानको धारा २८५ उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा पनि बहस चलेको थियो । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले धारा उल्लेख गर्नुपर्ने बताएका थिए । त्यस्तै, एमालेका सांसद रघुजी पन्तले विधेयकमा संविधानको धारा उल्लेख गर्न नहुने धारणा राखेका थिए । संविधानको धारा राख्न आवश्यक नरेहको निष्कर्षमा समिति पुगेको थियो ।

त्यसपछि दफाबार छलफलमा प्रस्तावनामा पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी शब्द थप गर्ने सहमति भयो । उत्तरदायी भन्ने शब्दलाई जनउत्तरदायी भन्ने शब्द राख्न सांसदहरू सहमत भएका हुन् ।

सरकारले प्रस्ताव गरेको प्रस्तावना यस्तो छ प्रस्तावना : 

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले,

अब विधेयकको प्रस्तावना यस्तो हुनेछ
प्रस्तावनाः संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी र व्यावसायिक, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी बनाउँदै सुशासनयुक्त संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले,

समितिमा दफा १ मा यस ऐनको नाम ‘संघीय निजामती सेवा ऐन, २०८१’ राख्ने सहमति जुटेको छ । सरकारले ल्याएको विधेयकमा उल्लेख छ । त्यस्तै, विधेयकको दफा ३ र ४ पनि पारित भएको सभापति रामहरि खतिडाले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro