site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड भन्छन्– सरकारमा जाने रुचि छैन 

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जानेबारे आफ्नो पार्टीको कुनै रुचि नरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नीतिगत रूपमा वर्तमान सरकारको आयु लामो नभएको बताए ।  

प्रचण्डले आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ गलत भएको दाबी गरे । यो सरकार बन्ने बेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा रहेको उनको आरोप छ । 

आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले दाबी गरे । देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र उकुसमुकुस रहेको बताए । 

सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजेको टिप्पणी गरे । सदनमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुको सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रिपरिषद्‌बाट नमिल्ने काम गरेको प्रचण्डको भनाइ छ । 

सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद् आह्वान गरेको उनले बताए । अब विपक्षी दलहरूले सदनमा जनताका एजेन्डा प्रभावकारी रूपमा र आवश्यक कानुन निर्माणमा जोड दिने अध्यक्ष प्रचण्डको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro