site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिमराको भिजिविलिटी १०० मिटर, तराईमा हवाई सेवा प्रभावित हुने सम्भावना
फाइल तस्बिर । 

काठमाडौं । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको पूर्वदेखि मध्य तराईसम्मका स्थानमा बाक्लो कुहिरो र हुस्सु लागिरहेको छ । पश्चिम नेपालमा भने आज भिजिविलिटी केही बढी छ । 

सिमरामा बिहान पौने ६ बजेको भिजिविलिटी १०० मिटर छ । विराटनगरको भिजिविलिटी २०० मिटर रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । 

चन्द्रगढीको ४००, नेपालगञ्जको भिजिविलिटी ५००, भैरहवाको ७०० र धनगढीको भिजिविलिटी १२०० मिटर रहेको छ । काठमाडौंको भिजिविलिटी भने ६ किलोमिटर छ । 

“तराईका क्षेत्रमा बिहान हवाई सेवा प्रभावित हुने देखिन्छ । काठमाडौंमा भने विमान उडान र अवतरणमा समस्या हुनेछैन,” मौसमविद् अधिकारीले भने, “तराईमा धेरै स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने देखिन्छ ।” 

दुई किलोमिटरभन्दा कम भिजिविलिटीमा विमान उडान र अवतरणमा समस्या हुन्छ । 

न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।

एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्युलाई भनिन्छ ।  

हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro