site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमाले नेता महरविरुद्ध जबर्जस्ती करणीको मुद्दा अघि बढाउन आदेश 

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दा अघि बढाउन मा उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले रश्मिलाकुमारी धामीको मुद्दामा सुनुवाइ गर्दै आदेश  जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता अर्जुन आचार्यले बाह्रखरीलाई जानकारी दिए । 

Dabur Nepal
NIC Asia

ती महिलाले महरले आफूमाथि पटकपटक यौन शोषण गरेको आरोप लगाउँदै आएकी छिन् । महिला र महरबीचको भनिएको अन्तरंग कुराकानीको अडियो केही अघि सार्वजनिक भएको थियो ।

जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि यसअघि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् । 

तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

उनको पक्षमा अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । 

यसैबीच, महरले भ्रमको खण्डन र यथार्थता भन्दै सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गरेका छन् । उनले लेखेका छन्–

 केहि अनलाईन मेडियामा मेरा बिरुद्ध उच्च अदालत पाटनद्धारा पक्राउ पुर्जि जारी भनेर भ्रामक समाचार सम्प्रेषण भएका रहेछन ! 
 पहिलो कुरा कानुन बमोजिम पक्राउ पुर्जि जारी गर्ने उच्च अदालतको अधिकारक्षेत्र भित्र पर्दैन र कहिल्यै पनि उच्च अदालतले पक्राउ पुर्जि जारी गर्दैन त्यो अधिकार जिल्ला अदालतको हो । दोस्रो कुरा आज उच्च अदालत पाटनमा जिल्ला सरकारि वकिलको कार्यालय काठमाडौं , जिल्ला प्रहरि परिसर काठमाडौं र  मलाई समेत बिपक्षि बनाएर दर्ता गरिएका तिन ओटा रिट मध्ये दुई ओटा खारेज भएका छन भने एउटाका सन्दर्भमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला प्रहरि परिसर काठमाडौं ले मेरा बिरुद्धको जाहेरि तामेलिमा राख्ने निर्णय प्रकृयागत त्रुटी देखिन आएकोले  प्रकृया पुर्याएर निर्णय गर्नु भनेको छ । भएको यत्ति हो । यसलाई बङ्ग्याएर आफु अनुकुलको समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति प्रकट गर्दछु र कोहि पनि भ्रममा नपर्न सम्पुर्ण शुभचिन्तक आफन्त र सहयोगि साथिभाई हरुलाई हार्दिक अपिल गर्दछु । 
 यस बिचमा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछु ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro