site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागरिकता कसुरमा संलग्न व्यक्ति पक्राउ 

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नागरिकतासम्बन्धी कसुरमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । 

कार्यालयले नागरिकतासम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति जारी भई फरार रहेका चितवनको भरतपुर महानगर १४ घर भई हाल जिल्ला कामनपा ९ सिनामंगल बस्ने ४९ वर्षीय शिवबहादुर विष्टलाई पक्राउ गरेको हो । 

अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले यही माघ ७ गते साँझ साढे पाँच बजेतिर दरबारमार्गबाट पक्राउ गरेको हो ।  

पक्राउ परेका विष्टलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति माघ ८ गते जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro