राजनीति
काठमाडौं । नेता राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक राजनीतिक दल दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो ।
मंगलबार (माघ ८) दर्ता गरी उक्त पार्टीलाई ग्यास सिलिन्डर चुनाव चिह्न प्रदान गरिएको छ । “...गाढा निलो रङको आयातकार झन्डाको मध्यभागमा तीर धनुष रहने गरी झन्डा समेत प्रदान गरिएको छ,” पार्टी अध्यक्ष राजेन्द्र महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको दल दर्ता नं. २०१ कायम छ । स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्