site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनामा १३ अर्बका ईभी आयात, साढे दुई अर्बले राजस्व वृद्धि 

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब रुपैयाँभन्दा बढीका विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । भन्सार विभागको तथ्यांकानुसार गएको साउनदेखि पुस मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँका ईभी आयात गरिएको हो ।

उक्त अवधिमा आयात गरिएका विद्युतीय कार, जीप तथा भ्यानको संख्या पाँच हजार ४८० छ । सरकारले त्यसबाट आठ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै आयात गरिएकामा ५१ देखि १०० किलोवाट मोटर क्षमताका ईभी छन् । १०० किलोवाट क्षमताका तीन हजार १९१ ईभी भित्र्याइएको छ । ५० किलोवाट मोटर क्षमताका एक हजार ७२५ ईभी आयात गरिएको छ । २०० किलोवाट मोटर क्षमताका ५५३ र त्यसभन्दा माथिका ११ ईभी ६ महिनामा भित्र्याइएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँका पाँच हजार १०७ ईभी आयात गरिएको थियो । सरकारले त्यसबाट पाँच अर्ब ६७ करोड ३५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत र यो वर्षका ६ महिनामा गरिएको आयात लगभग समान देखिएको छ । गत वर्षका ६ महिनाको तुलनामा यसपालि ६७३ थप ईभी आयात गरिएको छ ।

यसबाट सरकारले प्राप्त गरेको राजस्व करिब साढे दुई अर्ब रुपैयाँले बढेको छ । सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ईभीमा करको दर बढाएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro