site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालबालिकालाई हिटर कति सुरक्षित ? 

काठमाडौं । जाडो महिनामा सहरी क्षेत्रमा हिटर धेरै प्रयोग हुन्छ । न्यानोका लागि रुम हिटर निकै प्रभावकारी तथा सजिलो उपाय मानिन्छ । तर, स्वास्थ्यका हिसाबले यसका केही बेफाइदा पनि छन् । ग्यास हिटर होस् या इलेक्ट्रिक, दुवै हिटरका बेफाइदा छन् । 

विशेषगरी हिटरले हावामा भएको आद्रता शोषित गर्दछ र कोठामा सुक्खापन बढाउँछ । सुख्खापनका कारण नाकको मार्ग सुक्न सक्छ । यसले रक्तस्राव पनि गराउँदछ भने सुख्खापनकै कारण छालाको एलर्जी हुने, छालामा चायाँ पर्ने जस्ता समस्या निम्तिन सक्छन् ।
 
ग्यास हिटरबाट उत्पादन हुने कार्वनडाइअक्साइड, कार्बन मनोअक्साइडजस्ता ग्यासको सम्पर्कमा लामो समय बस्दा शरीरलाई स्लो पोइजनको रूपमा असर गर्न सक्छन् । पर्याप्त मात्रामा हावा आसपास नहुने कोठामा ग्यास हिटर बाल्दा यसबाट निस्कने कार्बन मनोअक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ । 

विभिन्न अंगमा अक्सिजनको कमी गराउन सक्छ भने रगतमा हेमोग्लोबिनको मात्रा कम गराउन सक्छ । यो ग्यासको कुनै गन्ध, रंग नहुने र आँखाले देख्न नसकिने भएकाले पनि यसलाई स्लो पोइजनको रुपमा लिइन्छ । 

इलेक्ट्रिक ग्यास हिटरले पनि कोठाको आद्रतालाई घटाउने भएकाले स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्छ ।
  
यद्यपि, विकार पदार्थ उत्पादन कम हुने भएकाले यो ग्यास हिटरभन्दा कम हानिकारक रहेको विज्ञहरू दाबी गर्छन् । नेसनल लाइब्रेरी अफ मेडिसिनको एक अध्ययन अनुसार हिटरले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरू वयस्क र ठूला व्यक्तिभन्दा शिशुहरूमा धेरै हुन्छन् । 

त्यसमा पनि कोठाको वातावरण अनुसारको तापक्रम नमिलेको खण्डमा हिटरले मृत्युसम्मको जोखिम निम्त्याउन सक्छ । त्यस्तै घरमा धेरै प्रयोग हुने इन्फ्रारेड हिटरले नवजात शिशुको आँखामा पनि असर पुयार्उनसक्छ ।

रुम हिटर चलाउने र कोठालाई न्यानो बनाएपछि बन्द गर्नु जोखिमबाट बच्ने उपाय हो । नवजात शिशुका लागि फ्यान हिटर प्रयोग गर्नु उचित हुने नेसनल लाइब्रेरी अफ मेडिसिनले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro