site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका पूर्वमुख्यमन्त्री थापाले भने– हामी सुरक्षा थ्रेटमै छौँ

विराटनगर ।‌ झापामा शनिबार साँझ सांघातिक आक्रमणमा परेका कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा चोटग्रस्त आँखा लिएरै सदनमा सहभागी भएका छन् ।‌ शनिबार साँझ झापाको दोमुखाबाट बिर्तामोड फर्कने क्रममा सुरुंगाको जुकेखाडी पुलनजिकै उनीमाथि हातपात भएको थियो । त्यसक्रममा उनको आँखामा चोट लागेको थियो ।‌

सोमबार सुरु भएको कोसी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठकमा थापा सहभागी थिए ।‌ नेपाली कांग्रेस कोसी संसदीय दलको नेताको हैसियतले उनले बैठकमा शुभकामना दिए ।‌

थापाले प्रदेश नामाकरणको विषयलाई लिएर सुरक्षा थ्रेटमा रहेको सुनाए । शान्ति सुरक्षाको विषयमा कमजोर नभए पनि कोसी प्रदेशमा पहिले पनि प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरू र सांसदमाथि आक्रमण भएको दृष्टान्त सुनाए ।‌

"दुई दिनअघि ममाथि पनि घटना भयो, हामी हाम्रो सुरक्षासँगै जनताको सुरक्षामा पनि ध्यान दिऔँ," थापाले भने, "फेसबुकमा पूर्वबाट नेता कुट्न सुरु भयो भन्ने पनि आयो तर हामी सुरक्षा थ्रेटमै छौँ ।"

उनले थप भने, "दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले बल्ल स्थायित्व प्राप्त गरेको छ । अहिल्यै सरकारको काम कारबाहीको विषयमा टीकाटिप्पणीहरू गर्ने बेला भएको छैन ।" थापाले झापामा आफूमाथि कसरी घटना भयो भन्ने समेत जानकारी गराए ।‌ सहस ढंगले सुरक्षाकर्मीले भीआईपीलाई सडकमा साइड माग्दा आफूमाथि एक्कासि आक्रमण भएको सुनाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro