site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो त्रैमासमा वाणिज्य बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणानुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यसपालि ४.६२ प्रतिशतले नाफामा कमी आएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पुस मसान्तसम्म नौ वाणिज्य बैंकको नाफा घटेको छ । ११ वाणिज्य बैंकको नाफा बढेको छ ।

यो अवधिमा सर्वाधिक नाफा वृद्धि प्रतिशतका आधारमा प्रभु बैंकले गरेको छ । यो बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको छ । तर, सबैभन्दा बढी नाफा (रकम) नबिल बैंकले गरेको छ । गत वर्षको पुससम्मको नबिलको नाफा १.२९ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी नाफा घट्नेमा एनआईसी एशिया बैंक छ । यो बैंकको नाफा पुस मसान्तसम्म ९२.०३ प्रतिशतले घटेको छ । एनआईसी एशियाले गत वर्षको पुससम्म एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कुमारी बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ । यो बैंकले पुस मसान्तसम्म २७ करोड ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको पुस मसान्तसम्म बैंकले ६८ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकहरूको खराब कर्जा बढ्दै गएकाले नाफामा कमी देखिएको हो । पछिल्ला दिनमा बैंकले प्रवाह गरेको ऋण उठाउन नसक्दा त्यसको असर दोस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको हो ।

afd-1737351809.png
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro