site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीलाई गाली गर्दै ५९ जनाले छाडे एमाले (सूचीसहित)
एमालेको झन्ड । फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को विभिन्न तहमा रहेका ५९ नेता–कार्यकर्ताले पार्टी छाडेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै संयुक्त रूपमा उनीहरूले एमालेमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन् ।

पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई एमालेबाट निकालिएकामा उनीहरूले रोष प्रकट गरेका छन्  । “नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावललाई अध्यक्ष केपी ओलीको निर्देशनमा २०८१ साल पुस १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको हामी विरोध र भर्त्सना गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

रावलले प्रस्ताव गरेको मातृभूमि जागरण अभियानलाई पूर्ण रूपमा समर्थन र सहयोग गरी अगाडि बढ्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । “कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमानदार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन,” विज्ञप्तिमा भनिएको छ ।

यसरी पार्टी छाड्नेमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावललगायत नेता–कार्यकर्ता छन् ।

सूची हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro