site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
श्री एयरले धाेका दिएकाे समीक्षाको गुनासो, के भन्छ एयरलाइन्स ?

काठमाडाैं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सका कारण आफूले पटकपटक धोका पाएको बताएकी छिन् । 

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो, तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन्।’’
  
केही दिनअघि पनि आफूले सोही एयरलायन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनुपरेको उनले उल्लेख गरेकी छिन् । आज पनि आफू बिहानैदेखि काठमाडौं एयरपोर्टमै रहेको बताएकी छिन् । 

Dabur Nepal
NIC Asia

‘‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन,’ उनले दाबी गरेकी छिन्, ‘यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन।’’

श्री एयरलाइन्सले भने प्रतिकूल मौसमका कारण उडान हुन नसकेको जनाएको छ । एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले  बाह्रखरीसँग भने, “मौसमका कारण उडान हुन नसकेको हो । उता ल्यान्ड गर्न नसक्ने भएका कारण उडान भएको छैन ।” 

काठमाडौंको मौसम सफा भए पनि ल्यान्ड गर्ने ठाउँमा भिजिबिलिटी कम भएका कारण उडान हुन नसकेको उनले प्रस्ट्याएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro