site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यूएईमा सिस्नुपानीको ‘दुई थोपा हाँसो’

काठमाडौं । सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)मा ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष सन् २०२५ का अवसरमा यूएईमा रहेका नेपाली नागरिकलाई मनोरञ्जन एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो ।

सिस्नुपानी नेपालका कलाकारको प्रस्तुति रहेको कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो ।

यस्तै, क्लिन्को क्याम्प सज्जा शारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ मा कार्यक्रम गरिएको थियो । जनवरी १२ मा इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मनोज गजुरेल, गायक धीरेन्द्र प्रेमर्षि, चक्र दवाडी, सरोज घिमिरेलगायत कलाकारको उपस्थिति थियो ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro