site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिनु अनुचित : थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति उचित नभएको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रियामा उनले दलहरूले दुईतिहाइ बहुमत ल्याउँदा पनि तीन वर्ष सरकार नटिकेको उल्लेख गरे । त्यसैले निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता भयो भन्ने प्रवृत्ति उचित नभएकामा उनले जोड दिए ।

वर्तमान संविधान र कानुनले कुनै पनि राजनीतिक दललाई ५० प्रतिशत बहुमत ल्याउनबाट नरोकेको उनले स्पष्ट पारे । सरकार अस्थिर भएका कारणले प्रणाली फेर्नुपर्छ भन्ने तर्क उचित नभएको उनले बताए । निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार संशोधन भने गरिनुपर्ने उनको भनाइ थियो ।

उनले समावेशी–समानुपातिक प्रतिनिधित्वलाई कानुनले कमजोर बनाएको नभई दलहरूले उमेदवार चयन गर्दा नै ध्यान दिन नसकेकाले गुनासो आउने गरेको सुनाए ।

थपलियाले स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेमा जोड दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro