site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘मधेस आन्दोलनमा आहुति दिएकाको सपना पूरा भएको छैन’

काठमाडौं । मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको सम्झनामा मधेसकेन्द्रित दलहरूले १८औँ ‘बलिदानी दिवस’ मनाएका छन् ।

०६३ साल माघ ५ गते मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा महतो सहिद भएका थिए । प्रहरीको गोली लागेर उनको मृत्यु भएपछि मधेसभर आन्दोलन चर्किएको थियो । यसै दिनलाई मधेस प्रदेश सरकारसहित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् ।

१८औँ ‘बलिदानी दिवस’का अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको कार्यालय बबरमहलमा मधेस आन्दोलनमा सहिद भएकाहरूको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरियो । त्यसक्रममा लोसपा नेपालका उपाध्यक्ष श्याम गुप्ताले मधेस आन्दोलनमा आहुति दिएकाहरूको सपना अझै पूरा हुन नसकेको बताए ।

उनले मधेसी जनताको माग पूरा हुने गरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिए । उनले मधेस देशको मेरुदण्ड भए पनि सधैँ उपेक्षित रहनुपरेकाले अब यहाँको आवाजलाई राज्यले सम्बोधन गर्ने बेला आएको धारणा राखे ।

लहानस्थित पूर्वपश्चिम राजमार्गमै पहिलो सहिद महतोसहितको सालिक निर्माण गरिएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro