site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

व्यक्तिको प्रकृति आकृतिमा नभएर प्रवृत्तिमा प्रतिविम्बित हुन्छ । यस्तै संगठनको प्रकृति पनि लिखित घोषणापत्रमा भन्दा व्यवहारमा प्रकट हुन्छ । यसैले कुनै संगठन वा व्यक्तिको मूल्याङ्कन उसको सार्वजनिक व्यवहारबाट हुन्छ ।

‘नयाँ’ भनिएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेताहरूले पनि भन्न त आफू र आफ्नो दललाई लोकतान्त्रिक नै भन्ने गरेका छन् । तर, केही समय यता प्रदर्शित तिनका नेता कार्यकर्ताको बोली, व्यवहार र कार्यशैलीले भने उनीहरूको कथनमा सन्देह उत्पन्न भएको छ ।

सहकारी बचत अपचलनको मुद्दामा पार्टी सभापति रवि लामिछानेमाथि छानबिन सुरु हुनेबित्तिकै देखि रास्वपाका नेता कार्यकर्ता सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमा बढी नै उद्दण्डता प्रदर्शन गर्दै आएका छन् । अदालतलगायत  सार्वजनिक स्थानमा अमर्यादित नारावाजी गगरेका छन् । बेलाबखत उनीहरू प्रहरीसँग भिडन्त पनि हुने गरेको छ ।

Dabur Nepal
NIC Asia

हुँदा हुँदा गत बुधवार रास्वपाका कार्यकर्ताको भिडमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात समेत भयो । सहकारी पीडितहरूका तर्फबाट काठमाडौं जिल्ला अदालतमा बहस गरेर निस्कन लाग्दा वरिष्ठ अधिवक्ता त्रिपाठीलाई घेरेर रास्वपा समर्थकहरूको भिड जाइलागेको थियो ।

समाचार लेखेकै कारण रास्वापाका सभापति रवि लामिछाने कुनै बेला मूलधारका सञ्चार माध्यम र तिनका सम्पादकविरुद्ध खनिएका थिए । हुनत, लामिछाने स्वयं नै राजनीतिमा संलग्न हुनुभन्दा पहिले पत्रकारितामा थिए । यद्यपि उनको आक्रामक शैली र प्रस्तुति पत्रकारिताको मर्यादित सीमाभित्र नरहेको देखिन्थ्यो ।

जेहोस्, संसद्को चौथो ठूलो राजनीतिक दलबाट नेपाली समाजले आफूलाई मन नपर्नेको मुख थुन्न भौतिकरूपमै जाइलाग्ने फासिस्ट शैलीको अपेक्षा गरेको थिएन । तर, अदालतमा बहस गरेबापत अधिवक्तामाथि वा समाचार लेखेबापत पत्रकारविरुद्ध भौतिक र सामाजिक सञ्जालबाट आक्रमण गरेर रास्वपाले नेपाली समाजलाई निराश बनाएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणमा संलग्न व्यक्तिमध्ये एक जनालाई  प्रहरी पक्रेको जानकारी दिइएको छ । रास्वपाका प्रवक्ताले घटनाको त्यस प्रकारको व्यवहार आफ्नो दलका लागि स्वीकार्य नहुने बताएका छन् । अर्कातिर, सामाजिक सञ्जालमा रास्वपा समर्थक भनेर चिनिएकाहरूले भने घृणा र द्वेष बढाउने टिप्पणी गरिरहेका भए पनि तिनलाई रोक्न खोजिएको देखिँदैन । 

 रास्वपा स्वयं पनि नेपाली समाजमा व्याप्त निराशा र निषेधको मानसिकतामा जन्मेर हुर्केको हो । निषेध अभियान चलाउने क्रममा सामाजिक सञ्जालमा 'हुँडार' परिचालन गरेर समाजमा फैलाइएको घृणाको दुष्परिणाम अहिले प्रकट भइरहेको छ । अदालतहरूबाहिर भिड जम्मा गरेर नारावाजी गर्नेहरूले आफूलाई लोकतान्त्रिक भन्न सुहाउँदैन ।  

प्रवक्ताले भनेजस्तै घटनामा रास्वपाको हात छैन वा नियोजितरूपमा दुर्व्यवहार गरिएको होइन भने पार्टीले सार्वजनिकरूपमा त्यसको निन्दा गर्नुपर्छ । साथै, सामाजिक सञ्जालमा चलाइरहेको ‘घृणा अभियान’को पनि निन्दा गर्दै त्यसबाट दल अलग्गरहनुपर्छ । अन्यथा रास्वपालाई फासीवादी संगठन कसरी होइन भन्ने ?   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro