site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विराटनगर‌ आइपुगे‌ प्रचण्ड, ज्वाइँको घरमा बस्ने

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विराटनगर आइपुगेका छन् ।

शुक्रबार साँझ विराटनगर आएका उनी विराटनगर–१, पोखरियास्थित छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको घरमा बस्नेछन् । पार्टीका कार्यक्रममा सहभागी हुन उनी ग्रामथान गाउँपालिका पुग्ने छन् ।

पार्टी स्रोतका अनुसार प्रचण्ड प्रेस सेन्टर नेपाल र न्यू सृष्टि दैनिकको कार्यक्रममा पनि सहभागी हुनेछन् ।
छोरी र नातिनीसहित बिहान एक घण्टा पोखरियाबाट  जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयसम्म  मर्निङवाकमा निस्कने बताइएको छ ।‌

उनले विराटनगर–१९ मा अवस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने पनि गर्नेछन् । उनी शनिबार दिउँसो ४ बजे काठमाडौं फर्कने छन् ।‌

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro