site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निकोलस भुसाल धरौटीमा रिहा

पोखरा । निकोलस भुसाल धरौटीमा रिहा भएका छन् ।

भुसाल विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध)को कसुरमा बिहीबार पक्राउ परेका थिए । शुक्रबार (आज) उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गराएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro