site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

काठमाडौं । नेपाली सेनाले सेना दिवस, २०८१ का अवसरमा फोटो तथा बृहत् प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

यही माघ १५ देखि १८ गतेसम्म सैनिक मुख्यालय जंगीअड्डामा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

“प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिनेछ,” नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सैनिक पोसाक, ब्यान्ड, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदजस्ता गतिविधि प्रदर्शन गरिनेछ ।

“आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ,” सेनाले भनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro