site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदीले गरे भारत मोबिलिटी ग्लोबल एक्स्पोको उद्घाटन, विभिन्न ब्रान्डका नयाँ ईभी सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतको नयाँ दिल्लीमा ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक्स्पोको उद्घाटन गरे । उद्घाटनका क्रममा मोदीले भारतीय अटोमोटिभ उद्योग विशेष र भविष्यका निम्ति तयार रहेको बताए ।

जनवरी १७ देश २५ सम्म चल्ने एक्स्पोमा दर्जनौँ ब्रान्डका सवारीसाधन एवं अरू उत्पादन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा अटोमोबाइल निर्माता, कम्प्पोनेन्ट निर्माता, इलेक्ट्रोनिक पार्ट्स, टायर, ऊर्जा स्टोरेजदेखि अटोमोटिभ सफ्टवेयर फर्म र रिसाइकल गर्नेहरूसम्मको सहभागिता छ ।

भारतको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित भारत मोबिलिटी ग्लोबल एक्स्पोको यो दोस्रो संस्करण हो । भारत मण्डपम, एस भूमि र ग्रेटर नोयडामा गरी तीन भेन्युमा एक्स्पो आयोजना गरिएको छ ।

i2-1737106752.jpg
प्रदर्शनी दुई लाख वर्गकिलोमिटरमा फैलिएको छ । प्रदर्शनीमा विभिन्न नौ शो लगातार राखिएको छ ।

पाँच लाख दर्शकले एक्स्पो अवलोकन गर्ने आकलन गरिएको छ । यसमा पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय व्यक्तिहरूको सहभागिता रहने अनुमान छ ।

पहिलो दिन विभिन्न ब्रान्डका कैयौँ नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालबाट नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल पनि एक्स्पोमा सहभागी छ ।

i1-1737106695.jpg
हुन्डाई, टाटा, सुजुकी, बीवाईडीलगायत अटोमोबाइल एवं होन्डा, हिरो, बजाजलगायत दुईपांग्रे सवारी निर्माता प्रदर्शनीमा छन् । एक्स्पोमा अमेरिका, बेलायत, कोरिया, जर्मनी, चीन, भारतलगायत देशका ब्रान्ड तथा कम्पनीको सहभागिता छ ।

एक्स्पोमा हुन्डाईको क्रेटा ईभी, मारुती सुजुकीको भीटारा ईभी र टाटा, महिन्द्रालगायत कम्पनीका नयाँ ईभी मोडल एवम् ब्रान्ड राखिएको छ ।

i6-1737106817.jpgi8-1737107134.jpgi9-1737107178.jpg
i10-1737107228.jpgdfmg-1737106622.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro