site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमा खरिद सुधार मार्गदर्शन जारी : यस्तो छ व्यवस्था

काठमाडौं । राख्ने स्थान र सञ्चालन गर्ने जनशक्तिको सुनिश्चितता नभई अब स्वास्थ्य उपकरण खरिदका निम्ति बजेट विनियोजन गर्न नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको पुस २९ गते स्वीकृत गरेको खरिद सुधार मार्गदर्शन, २०८१ मा यस्तो व्यवस्था गरिएको हो ।

निर्देशिकाअनुसार, तीनै तहका सरकारले कुनै पनि शीर्षकमा दोहोरो पर्ने गरी बजेट विनियोजन गर्न पाउने छैनन् । खरिद शाखा वा इकाइमा स्पष्ट जिम्मेवारी तोकिएका कर्मचारीबाट मात्र खरिद प्रक्रिया अघि बढाउन पाइनेछ । कर्मचारीले आचरणविपरीतको कार्य गरे तत्काल जिम्मेवारीबाट हटाउन सकिने मार्गदर्शनमा व्यवस्था छ ।

प्रयोग नभएका उपकरण कुनै पनि स्वास्थ्य संस्था वा निकायले तत्काल अर्को कार्यालयलाई हस्तान्तरण गर्नुपर्छ । उपकरण चलाउने तालिमप्राप्त जनशक्तिको सेवा अवधि सकिनुभन्दा तीन महिनाअघि पूर्तिका निम्ति प्रक्रिया सुरु गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

बजार मूल्यको २५ प्रतिशतभन्दा बढी मर्मत खर्च लाग्ने भए प्राविधिकको सिफारिसमा लिलाम प्रक्रियामा लैजानुपर्ने व्यवस्था गरिएको छ ।

औषधिजन्य सामग्रीको विवरण सम्बन्धित निकायको वेबसाइटमा अनिवार्य  राख्नुपर्नेछ । यसको निरीक्षण मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट गरिनेछ ।

मार्गदर्शनको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro