site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली प्रधानमन्त्रीको कार्यालयले भन्यो– बन्धक रिहाइका निम्ति हमाससँग सहमति भयो
बेन्जामिन नेतान्याहू ।

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका निम्ति सहमति भएको जनाएको छ ।

बिहीबार प्रधानमन्त्री नेतान्याहूले युद्धविराम सम्झौतामा मन्त्रिपरिषद्को मतदान स्थगन गरेका थिए । उनले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए ।

शुक्रबार बिहान नेतान्याहूको कार्यालयले वार्ताका निम्ति गठित टोलीले नेतान्याहूलाई सम्झौता भएको जानकारी गराएको जनाएको छ ।

नेतान्याहूको कार्यालयले शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाउन आदेश दिएको जनाएको छ । उक्त बैठकबाट सम्झौता अनुमोदन गरिनेछ । बन्धक बनाइएकाहरूका परिवारलाई यसबारे जानकारी गराइएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार, इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबार अमेरिका र कतारले युद्धविराम सम्झौताबारे जानकारी दिएका थिए । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro